काठमाडौंका सवारी साधनमा भोलीबाट जोर विजोर प्रणाली


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ साउन

काठमाडौं उपत्याकमा सरकारले भोलि बिहिबारबाट फेरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू गर्ने निर्णय गरेको छ । अब जोर अँकको गतेमा जोर नम्बरको सवारी साधन र  विजोर नम्बरको गतेमा बिरोज नम्बरको सवारी साधन काठमाडौंमा गुडन पाउने छन् ।

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले भोलिदेखि जोर विजोरको नम्बर प्रणाली अनुसार सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौंमा शहर भित्र बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म निजी तथा भाडाका सवारी आबगमनलाई रोक्ने पनि सरकारले निर्णय गरेको छ ।

काठमाडौं उपत्यका र २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ । अहिले काठमाडौंमा २०० जना भन्दा बढी सक्रिय सँक्रमित छन् ।