ब्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

नेपालमा आज मँगलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नमूना परीक्षण गर्दा थप २५९ जनामा कोरोना सँक्रमण देखिएको हो यो सँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको पनि डा. गौतमले बताए ।

प्रवक्ता डा गौतमका अनुसार १० हजार ४५२ जना क्वारेन्टिनमा छन् भने ५ हजार ९२५ जना आइसोलेशनमा रहेका छन् । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १५ हजार २६ पुगेको छ ।