सँक्रमण बढ्दो क्रममा, आज ४१८लाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन,

कोरोना सँक्रमण मुलुकमा फेरी बढेको छ । आज सोमबार नेपालमा ४१८ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हा् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् ।

यस्तै यतीबेला देशभरका क्वारेन्टाईनमा १० हजार ४५२ जना रहेको र आईसोलेसनमा रहेर ५ हजार ७३२१ जनाले उपचार गराईरहेको पनि डा. गौतमले बताए । आजसम्म १४ हजार ९६१ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।