प्रताप दासको गीतमा कमल र नग्माको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

कमल सिंह र नग्मा श्रेष्ठको अभिनत नयाँ गीत कम्बरमा पटुकी…को भिडियो सार्वजनिक भएको छ । गीतकार बालकृष्ण न्यौपानेको शब्द, सुरज राईको संगीत र प्रताप दासको आवाजमा रहेको कम्मरमा पटुकी… गीत यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम बिहानीको सितलमा समाविष्ट यो गीतमा ग्रामिण भेगकी सरल युवतीको सौन्दर्यको बर्णन गरिएको छ ।

मुनाल शिशिरको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपक गिरीले छायांकन गरेका हुन् भने सम्पादन अर्जुन पोखरेलको रहेको छ ।

हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका गीतकार बालकृष्ण न्यौपाने अमेरिका यस अघि तितो लाग्न थाल्यो, अव यि हातहरु, पहिले कतै, हाम्रो पहिलो प्रेम, अव यि अल्छी हातमा लगायतका गीतहरु सार्वजनिक भएका छन् ।