शिब र चन्द्रको नाचें फिरिरी…लाई मिलियन भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

गायक शिब परियारको नयाँ गीत नाचें फिरिरी… अहिले निकै रुचाईएको छ । डा. चन्द्र. गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजनमा गायक परियारले यो गीत गाएका हुन् ।

को स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको ४ दिनमै एक मिलियन अर्थात १० लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । यो भिडियोलाई नयाँ च्यानल रुपान्तरा म्युजिकबाट हालिएको छ । यसलाई सार्थक सफलताको रुपमा गायक शिब परियारले हेरेका छन् ।

सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाङ्कन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । विकाश पछिल्लो समय सम्पादनमा व्यस्ता र सफल मानिँदै गएका छन् ।

भिडियोमा सक्किगोनीका अभिनेता सागर लम्साल क्षत्री (बले), जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा छन् । गायक परियार पनि गायककै रुपमा भिडियोमा प्रस्तुत भएका छन् । मादक पदार्थमा लठ्ठ भएको सागरको अभिनय प्रसँसनीय छ । यो भिडियो गम्भीर विष्टको परिकल्पना तथा निर्देशनमा तयार भएको हो ।

क्या दामी भो… र पिलायो साथीले… जस्ता पिउने पिलाउने गीतबाट चर्चा कमाएका शिव परियार यतीबेला नाचें फिरिरी…बाट चर्चाका शिखरमा चढ्दै छ ।

यता लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाका गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराएका छन् ।