ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

गायिका मेलिना राईले नयाँ गीत दर्शकमाझ ल्याएकी छिन् । उनले नयाँ गीत जवानीको ऐना दर्शकमाझ ल्याएकी हुन् । यसपटक गायिका राईले संगीतकार सुनिल मास्केको संगीत, गीतकार अर्जुन रत्न भिखारीका शब्दमा नयाँ गीत ल्याएकी हुन् ।

गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । गीतको भिडियो आकर्षक बनेको छ ।

निर्देशक युवराज वाइवाद्वारा निर्देशित यो भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिका छिन् । उनलाई साथीहरुले साथ दिएका छन् ।

भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको यो गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।