सानो पर्दामा आउँदै आचार्यको सम्बन्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यसैक्रममा आचार्यले नयाँ टेलिफिल्मको छायाँकन सुरु गरेका हुन् ।

उनको यो पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षत्री, उग्रसेन ढुंगानाको मुख्य भूमिका रहने छ ।

रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन् । काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह(सिम्रन)को गायन छ । यसको निर्माण सम्पन्न गरेपछि कुन टेलिभिजनबाट प्रशारण गर्ने भन्ने निस्कर्षमा पुग्ने आचार्यले बताएका छन् ।