नेपालमा आज २४६ जना सँक्रमित, काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन

नेपालमा आज २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जस मध्य आज काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा. गौतमका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ३३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १४ हजार ६०३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका पनि डा. गौतमले बताए । डा गौतमका अनुसार १० हजार ९३४ जना क्वारेन्टिनमा छन् भने ५ हजार ६७२ जना आइसोलेशनमा रहेका छन् ।

यसैगरी नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।