आफु कोरोना सँक्रमित भएको घोषणा गरे साँसद यादबले


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

पर्सा १ का संघीय सांसद प्रदीप यादबले आफुलाई कोरोना सँक्रमण पुष्टी भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् । यो अबधिमा आफ्नो सम्र्पकमा आएकाहरुलाई कोरोना भाईरस परिक्षणको लागि अपिल गरेका छन् । उनले अहिले आफ्नो स्वास्थ्य ठिक रहेको जनाएका छन् ।

कोरोना सँक्रमण पुष्टी भएपछि सांसद यादबले आफ््नो फेसबुकमार्फत कोरोना पोजेटिभ भएको पुष्टी गर्दै शनिबार अपरान्ह यस्तो अपिल गरेका छन्,‘ आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो पिसिआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु ।’

उनले अगाडि लेखेका छन्,‘मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनुसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’

साँसद यादबको सम्पर्कमा आएकाको सिन्धुलीमा पहिचान

यसैबीच साँसद यादब १४ साउन बुधबार डिभिजन बन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सिन्धुली बजार पुगेका थिए । त्यहाँ उनले कार्यक्रममा भाग लिएका थिए । सांसद यादबलाई कोरोना पुष्टी भएपछि उनको सम्पर्कमा आएका सबैको डिभिजन बन कार्यालय सिन्धुलीले पहिचान गरिसकेको छ । बन कार्यालयका प्रमुख, कर्मचारी, पत्रकार, सवारी चालक, जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरु साँसद यादबको सम्पर्कमा आएकाले उनीहरु सबैको पहिचान भएको र शनिबार साँझबाट उनीहरुको स्वाब सँकलन सुरु गरिएको डिभिजन बन कार्यालय सिन्धुलीले जनाएको छ ।