आज ३१५ जनामा कोरोना, नेपालमा सँक्रमित २० हजार नाघे


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन,

नेपालमा आज शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । केही दिन अघि कोरोना सँक्रमितको सँख्या घटेर १ सय भन्दा कम भएकोमा पछिल्लो साताबाट फेरी सँक्रमित बढेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

डा. गौतमका अनुसार आज कैलालीमा ९८ जनालाई, बझाङमा ६८ जनालाई, पर्सामा ६६ जनालाई, अछामका २८ जनालाई र इलाममा २२ जनालाई कोरोना सँक्रमण पुष्टी भएको छ ।

यस्तै कञ्चनपुरका ९ जनालाई, सप्तरीका ७ जनालाई, काठमाडौं र सिराहाका ५/५ जनालाई, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जनालाई सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका १/१ जनालाई कोरोना संक्रमण भएको पनि डा. गौतमले बताए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार नाघेको छ । आज कुल संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।

आज देशभरका क्वारेन्टाईनमा ११ हजार ५३३ जना रहेका छन भने विभिन्न आईसोलेसन सेन्टरमा रहेर ५ हजार ३३८ जनाले कोरोनाको उपचार गरिरहेका छन् । यस्तै हालसम्म १४ हजार ४९२ जना कोरोना मुक्त भएर अस्पतालबाट घर फर्केको पनि डा. गौतमले बताए । कोरोना सँक्रमणबाट नेपालमा मृत्यु हुनेको सँख्या ५६ जना पुगेको छ ।