स्कुल अफ व्युटीसियन आइटिसीको १७ औं वार्षिक उत्सबमा विधार्थीहरु दीक्षित


 ब्युटी न्युज नेपाल

काठमाडौं, १६ साउन 

सिटिईभिटीबाट मान्यता प्राप्त स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । कोरोना सँक्रमणको अबस्थालाई मध्यनजर राख्दै यसपटक पार्लरमै सिमित अतिथिबीच कार्यक्रम आयोजना गरिएको स्कुल अफ ब्युटिसियन आईटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन रुस्का बैध श्रेष्ठले बताईन् ।

वार्षिक उत्सब कार्यक्रममा अतिथिलाई स्वागत गदै अध्यक्ष रुस्का बैद्य श्रेष्ठले आफ्नो पार्लरले बिगत १७ बर्ष निरन्तर सेवा दिँदै आएको बताईन् । सिटिईभिटीबाट मान्यता प्राप्त आफ्नो ब्युटी स्कुल काठमाडौंको उत्कृष्ट मध्यको विधार्थीको रोजाईमा परेको ब्युटिसियन प्रशिक्षण केन्द्र भएको जानकारी गराईन् । यो १७ वर्षमा आफुले ९ हजार भन्दा बढीलाई प्रशिक्षण दिएर ब्युटिसियन बनाई आत्म निर्भर तुल्याएको पनि अध्यक्ष रुस्काले बताईन् । आफ्नो पार्लर काठमाडौंको नक्साल र बनेपामा रहेको र दुबै स्थानबाट उत्कृष्ट सेवासँगै प्रशिक्षण दिईरहेको पनि उनले जानकारी गराईन् ।

आफ्नो वार्षिक उत्सबको अबसर पारेर बिगतझैं यसपटक पनि स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरबाट एक वर्ष भित्र प्रशिक्षण लिएका व्युटिसियनहरुलाई दिक्षान्त स्वरुप प्रशिक्षण उतिर्णको प्रमाणपत्र प्रदान गरियो । बरिष्ट ब्युटिसियन डा. राज्यश्री श्रेष्ठको विशेष आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । बरिष्ट ब्युटिसियन डा.  श्रेष्ठ र सिता पाठकले स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र सेवा दुबै क्षेत्रमा आफुलाई स्थापित गराएको एउटा ब्रान्ड बनिसकेको बताए ।

यस्तै पूर्व मिस नेपाल उषा खड्कीले स्कुल अफ ब्युटिसियनको सेवाबारे चर्चा गर्दा सौन्दर्य क्षेत्रमा भरपर्दो साथी बन्न यो स्कुल सफल भएको बताईन् ।

अन्तराष्टिय मोडल तथा  अभिनेता दिक्पाल कार्कीले स्कुल अफ ब्युटिसियनको योगदान र सेवाको प्रसँसा गर्दै १७ औं वार्षिक उत्सबको शुभकामना दिए ।

केट काटेर सेलिब्रेट गरिएको सो वार्षिक उत्सब समारोहका अतिथि एवम् बरिष्ट ब्युटिसियनहरु सुमित्रा रँजित, सोनी कारँजित, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रिना अवाले, कलर इसेन्स तथा नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, काजल क्रियसनकी अध्यक्ष काजल शर्मा, मोडल शिलास्मा हमालसहित विभिन्न ब्यबसायी, ब्युटिसियनहरुले प्रगतिको कामना सहित अध्यक्ष रुस्कालाई बधाई ज्ञापन गरे ।