कस्मेटिक ब्यबसायी संघले गर्यो कोरोना बिरुद्ध सचेतना कार्यक्रम 


ब्युटी न्युज नेपाल

काठमाडौं, १५साउन

काठमाडौं उपत्यकामा केही दिनयताबाट कोरोना सँक्रमित बढेका छन् । काठमाडौं उपत्यकामा कोरोना सँक्रमितको सँख्या ५ सय जना नाघिसकेको छ । ब्यापारिक क्षेत्र न्युरोड र आसपासमा पनि कोरोना सँक्रमित नियमित भेटिएका छन् । यही समस्यालाई मध्यनजर राख्दै कस्मेटिक व्यबसायीहरुले न्युरोड र आसपास क्षेत्रमा कोरोना बिरुद्धको सचेतना कार्यक्रम गरेका छन् ।

कस्मेटिक ब्यबसायीहरुको संस्था नेपाल कस्मेटिक ब्यबसायी संघले सो क्षेत्रमा कोरोना बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो । संघले आफ्ना ब्यबसायी सदस्यहरु सहित आम उपभोक्तालाई कोरोनाबाट जागिनका लागि सचेतनायुक्त स्टिकर पनि वितरण गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल (रंजित)ले जानकारी गराएका छन् ।

अध्यक्ष पौडेलका अनुसार सम्पुण जनसमुदाय व्यवसायी तथा आम उपभोक्ता लाई पर्ने असुविधा का वारेमा नेपाल कस्मेटीक व्यवसायी सघले आफु पनी बाचौं अरुलाइ पनी बचाउँ भन्ने नारासहित सचेतना अभियान सञ्चालन गरेको हो । ब्यबसायीहरुले व्यवसाय सन्चालन गर्दा पालना गर्नुपर्ने निमयहरु उल्लेख गरिएको स्टीकर तयार गरेर व्यवसायीहरुलाई प्रदान गरिएको पनि अध्यक्ष पौडेलले बताए ।

आफुहरुले काठमाडौंको न्युरोड, मखन, ईन्द्रचोक, असन, माहाबौद्धलगायतका क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको पनि अध्यक्ष पौडेलले बताए । सो क्षेत्रमा ब्यानर सहितको ब्यबसायीलाई सामाजिक दुरी कायमगरी भेटेर आफुहरुले यस्तो सन्देश दिएको पनि पौडेलले बताएका छन् ।

यस्तै अहिले मोफसल, भारत लगायत तेश्रो मुलुकबाट काठमाडौं उपत्यका आएकाहरुबाट कोरोना सँक्रमण सँगै आएकाले मोफसल,भारत तथा अन्य तेश्रो मुलुकबाट काठमाडौं आउने यस संघका सदस्य व्यवसायी तथा कर्मचारीलाई अनिवार्यरुपमा कोरोना परिक्षण गराएर क्वारेन्टाईनमा बसेर मात्र आफ्नो व्यबसाय तथा काम सुरु गर्न नेपाल कस्मेटिक व्यबसायी संघले अपिल गरेको पनि अध्यक्ष पौडेलले बताएका छन् ।

नेपाल कस्मेटिक ब्यबसायी संघले यस अघि पनि लकडाउनको समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर त्यहाँ गरिब तथा दुःखीहरुलाई खाना खुवाउँदै आएको थियो ।