ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन
बिगत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले आफ्नो शब्दमा नयाँ तीज गीत ‘बजाउँदै चुरा…’ को भिडियो बजारमा ल्याएकी छिन् ।
यो तीज गीतमा योगेश काजीको संगीत र संगीत संयोजन, सारिका घिमिरेको स्वर रहेको छ । यो गीतको लिरिकल भिडियो रिलिज गरिएको हो । भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।
कोरोना भाइरस (कोभिड(१९)को संक्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको ग्तिकार गीताले बताईन् ।
यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको गीताको कथन छ । यो गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=xGBhXeZYVoo&feature=em-uploademail