आकाशले योगितालाई कुरा बुझेनै भने


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

अभिनेता आकाश श्रेष्ठ पनि म्युजिक भिडियो मार्फत लकडाउन पछि अभिनयमा फर्किएका छन् । उनले नयाँ गीत तिम्ले मलाई बुझेनौ भने…मा मोडल योगिता दाहालसँग जोडी बनेर अभिनय गरेका छन् ।

गीतकार रमेश काफ्लेले यो नयाँ गीत तिम्ले मलाई बुझेनौ भने…बजारमा ल्याएका हुन् । जसमा गायक प्रताप दासको स्वर, चर्चित संगितकार राजकुमार बगरको संगीत, संजिब बराइलीको संयोजन छ । यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । जसमा उत्सब दाहालको छायाँकन, विष्णु खड्का (आर्यन)को सम्पादन तथा सुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुन् । कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।