हेमले ल्याए तीज गीत नाच्न आकी छु…


ब्युटी न्युज नेपाल

काठमाडौं, ९ साउन  

काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन् ।

यो नयाँ तीज गीतको संगीत गायक हेम आफैंले सृजना गरेका छन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । गीतको शब्द कविता कार्कीले लेखेकी हुन् । यो गीतको भिडियोलाई सर्वसम्मान म्युजिकले युट्युव च्यानलबाट रिलिज गरेको हो ।

यो गीतको भिडियो निर्देशन प्रकाश क्षत्रीले गरेका हुन् । भिडियोमा शिशिर बुढाथोकीले नृत्य निदेृशन गरेका हुन् । जसमा सागर गौतमको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् ।

गत वर्ष आउ आउ काली नाचौंन…तीज गीत ल्याएका हेमका यस अघि रामेछाप ओखलढुँगा…, नाकको मुन्द्रा…, लिपुलेक कालापानी….जस्ता थुप्रै गीत बजारमा आएका छन् ।

गायक तथा संगीतकार हेम श्रेष्ठ अभिनयमा पनि त्यतीकै कुशल छन् । उनको अभिनयमा बिगत दुई महिनादेखि उनकै च्यानल एचएमपी मिडियामा हास्य टेली सृँखला ‘कुशल श्रीमान’ प्रशारण हुँदै आएको छ । हरेक सोमबार नयाँ एपिसोड प्रशारण हुने कुशल श्रीमान हालसम्म ९ भाग प्रशारण भईसकेको छ । यसको निर्देशक पनि हेम आफैं हुन् ।