ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

आफुलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मानहानी गरेको भन्दै चलचित्र अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार अभिनेत्री साम्राज्ञीले गालीगलौज तथा मानहानी गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । केसीले आफुलाई गाली बेइजेती गरेको भन्दै मुद्धा हालेका छन् ।

चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले सो चलचित्र सुटिङको क्रममा निर्माण युनिटले आफुलाई वेवास्ता गरेको भन्दै यस अघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिईन् । सो भिडियो आएपछि भुवनले पनि साम्राज्ञीको नाम नखुलाई जुन थालमा खायो त्यहि प्वाल पारेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । सो स्टाटस आएपछि अभिनेत्री साम्राज्ञी र अभिनेता भुवनबीच सामाजिक सञ्जालमा वाकयुद्ध चल्दै आएको छ ।

आफुलाई जापानमा गतवर्ष सम्पन्न एक अवार्ड समारोहमा अभिनेता भुवनले दुव्र्यवहार गरेको पनि साम्राज्ञीले भिडियोमा उल्लेख गरेकी थिईन् । प्रतिउत्तरमा केसीले कलाकार सो आरोपबारे छानबिन सहित न्यायको लागि नेपाल चलचित्र कलाकार संघको अनुसासन समितिमा उजुरी हाले । तर सो समितिमार्फत चित्त बुझ्दो जवाफ नआएपछि आफुले अदालतको शरण लिनु परेको अभिनेता भुवन केसीले बताएका छन् ।