रंजित र स्वस्तिमाको मस्तै मस्तै…


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

चलचित्रको छायाँकन नभएको आधा वर्ष हुन लाग्यो । अहिले चलचित्रका अभिनेता अभिनेत्री म्युजिक भिडियोमा व्यस्त छन् । यसै क्रममा लकडाउनपछि अभिनेत्री स्वस्तिमा खड्का फेरी अर्को म्युजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।

उनी सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ को भिडियोमा प्रस्तुत भएकी हुन् । भिडियोलाई युट्युवबाट सार्वजनिक गरिएको छ ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्काको जोडीको रुपमा सञ्चारकर्मी रंजीत पौडेल प्रस्तुत भएका छन् । गीत जति राम्रो छ, गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’ युट्युव च्यानल मार्फत गरिएको हो ।

सनिश र निलिमाले गाएके यो गीतमा कृष्ण केसीको शब्द, सुबाश भुसालको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।