ब्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन
गीतकार दिपकराज पाठकको नयाँ गीत दिलको चाबी २ को हालै गीत रेकर्ड सम्पन्न भएको छ। गीतकार दिपकराज पाठकको शब्द र बिपिन आचार्यको एरेन्ज र संगीतमा दिलको चाबी २ को तयार भएको हो ।
गीतलाई गीतकार पाठक कै बाल्यकाल देखिका मित्र तथा गायक शंकर यु दाहालले स्वर दिएका छन। पहिलो गीत तिमीलाई दुख्दा… बाट गायन सुरु गरेका गायक दाहाल संगीतका पुराना बिद्यार्थी हुन् ।
बाल्यकालका साथीद्धव दिपकराज पाठक र शंकर यु दाहालको संयुक्त प्रस्तुतिमा गीत चाबी २ को छिट्टै नै बजारमा आउने भएको छ।