आज १०१ लाई सँक्रमण, कोरोनाबाट थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन,

नेपालमा आज शुक्रबार १०१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा १०१ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अज लमजुङका २२ जनामा रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८ र ८ जनामा, तनहुँका ७ , दाङका ५ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै नवलपुर र बाराका ३ र ३ जनामा, झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २ र २ जनामा, सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका १ १ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको पनि डा. गौतमले बताए ।

आज १०१ जना सँक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २८५ जना डिस्चार्ज भएको पनि डा.गौतमले बताए । यो सँगै नेपालमा कोरोना मुक्त भएर ११ हजार ५३४ जना डिस्चार्ज भईसकेका छन् ।

यस्तै कोरोना सँक्रमणबाट १ एक जनाको निधन भएको छ । डा. गौतमका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना सँक्रमणबाट मृत्यु भएको छ । उनी उनी मधुमेह र मुटु रोगका विरामी थिए । स्वास प्रश्वासको समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा बिहीबार साँझ कोरोना संक्रमण पुष्टी भएको हो । उनको बिहिबार नै मृत्यु भएको हो ।

मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको सख्यष ४० जना पुगेको छ ।