ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार
नेपाली गीतसंगीतमा निरन्तर योगदान दिएको भन्दै यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ सङ्गीत, नाटक तथा नृत्य विधाका ६ जना अग्रज साधकहरुलाई पुरस्कृत गरिएको छ । यी श्रष्टाहरुलाई जनही १ लाख एक रुपैयाँ सहितको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले संस्कृति मन्त्रालयमा एक समारोहबीच उनीहरुलाई पुरस्कार प्रदान गरे ।
कोरोन सँक्रमण मुलुकमा देखिएसँगै निस्कृय भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यो आर्थिक वर्ष सकिँदै गर्दा ६ जना नाट्यतथा संगीतकर्मीहरुलाई मँगलबार पुरस्कृत गरेको हो ।
यस वर्ष आधुनिक सङ्गीत विधातर्फको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’लाई, परम्परागत तथा शास्त्रिय सङ्गीत विधातर्फको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ तवलावादक रामहरि गुरुङलाई पुरस्कृत गरियो । नाट्य विधातर्फको यो वर्षको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ललाई र लोक संगीत तर्फको प्रज्ञा पुरस्कार अग्रज लोक गायक कुमार बस्नेतलाई प्रदान गरियो । त्यसैगरी सोही कार्यक्रममा रङ्गमञ्च विधातर्फको यस वर्षको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट अग्रज अभिनेता नीर शाहलाई र नृत्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार अग्रज नृत्यकलाकार नारायणीदेवी प्रधानलाई मन्त्री भट्टराईले प्रदान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण र उन्नयनमा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक क्रियाकलापहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदैैव सहयोगी भूमिका खेल्ने बताए ।
सो पुरस्कार समारोहमा बोल्दै नेपाल संगी तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संबद्र्धन ताथ उन्नयनमा आफ्ना् जीवनको लामो समय पु¥याएका श्रष्टालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सो प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशको प्रगति सडक, पुल लगायतका संरचनाहरुले मात्र निर्धारण हुने नभई मौलिक संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने बताए ।
यस्तै प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले सो कार्यक्रममा पुरस्कृत श्रष्टाहरुको योगदानको चर्चा गरे । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्यहरु मेधराज शर्मा ‘मञ्जुल’, अशोक कुमार राई, निशा पोखरेल तथा नमूना शर्मा, सभा सदस्य हरिबहादुर थापा, मन्त्रायलका सचिव केदार बहादुर अधिकारी, सह सचिव सुरेश आर्चायलगायत उपस्थित थिए ।