नेपालमा आज १४४ जनामा कोरोना, कुलसँक्रमित १६९४५ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असार,

नेपालमा हिजो भन्दा आज फेरी कोरोना सँक्रमित बढेका छन् । आज सोमबार नेपालमा कोरोना भाइरसबाट १४४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएको डा. गौतमले बताएका छन् । त्यसपछि धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४र४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २र२ जना र मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १र १ जना संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुने १० हजार २९४ जना पुगेका छन् । यस्तै ६ हजार ६१३ जना अहिले विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् ।

हाल देशभरका क्वारेन्टिन सेन्टरमा २३ हजार ८७० जना रहेको पनि डा. गौतमले जानकारी गराए ।