गायक चिरञ्जीवीले ल्याए ‘बदमास’

ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असार

पछिल्लो समय चर्चामा रहेका गायक चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ सार्वजनिक भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गायक भण्डारीले बताएका छन् ।

बदमास गीतलाई भीम बिसीले संगीत भरेका छन् भने विक्रम सुन्दासको शब्द रहेको छ । पुष्कर सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई भने दिलिप अखेडाले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

प्रायः सबै विधाका गीत गाइसकेकायुवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियो मार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ ले नयाँ स्वाद दिएको जिकिर गर्दै गायक भण्डारीले यो गीतले संगीतकर्मीबीचमा नयाँ ट्रेन्ड स्थापित गर्ने बताएका छन् ।