निशान र शान्ताको गीतमा दुर्गेश र सुष्माको ठुम्का 


ब्युटी न्युज नेपाल

काठमाडौं, २९ असार 

हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज आउन अझै २ महिना बाँकी छ । तर तीजगीत आउने क्रम अहिले देखि नै बढेको छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत यसपालीको तीज….को भिडियो सार्वजनिक गरिएको छ ।  डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

योे गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेश थापा र सुष्मा कार्कीको यो गीतको भिडियोमा नृत्य रहेको छ । गीतको भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन् ।

 बीरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन तथा बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् । यो भिडियो गोर्खा चौतारी म्युजिकको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।