‘साक्षि राखेर भगवानलाई’ भन्दै आए डा. डिआर


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असार

गीत लेखेरै नेपालबाट पहिलो पनि गिनिज अफ वल्डैमा नाम लेखाउँदै १५ विश्व रेकर्ड राखेको गीतकार हुन डा. डीआर उपाध्याय । उनले आफ्नो नयाँ गीत ‘साक्षि राखेर भगवानलाई…’को भिडियो दर्शकमाझ ल्याएका छन् । उनको यो गीत पछिल्लो गीतिसँग्रह ‘नजरको तिर’मा सँग्रहित छ ।

अहिलेसम्म १९ एल्वम मार्फत सयौं गीतसंगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठकमाझ आएका छन् ।

यो सदाबहार शैलीको गीत गायक राज सागरले गाएका हुन् । संगीत पनि राजकै हो । यो गीतको भिडियोलाई डा. उपाध्यायले आफ्नै युट्युब च्यालन डिआर म्युजिक एन्ड क्रियसनबाट रिलिज गरेका छन् ।

यो गीतको भिडियोमा मनोज ओली र समिया कार्कीले अभिनय गरेका छन् । डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो गीतकोे भिडियो शुभाष प्रधानले गरेका हुन् ।