रुपकको राम कथामा सुरज र प्रभाको वियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

गायक तथा संगीतकार रुपक डोटेलको नयाँ गीत राम कथा…को भिडियो बजारमा आएको छ । यो गीतलाई शिव सुवेदीले लेखेका हुन् । यो गीतमा गीतकार शिबले नै संगीत गरेका छन् ।

गीतकार शिव सुवेदीकै युट्युब च्यालन ‘शिव सुवेदी’बाट यो गीतको भिडियोलाई बिहिबार बेलुका रिलिज गरिएको छ ।संगीत सँयोजन भने महेश बिक्रम पाण्डेको छ ।

यो गीतको भिडियोलाई ब्युटी न्युज नेपालका सञ्चारकर्मी प्रदीप कँडेलले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा उनले प्रेमको बियोगान्त राम कथा प्रस्तुत गरेका छन् । युवतीहरुको चक्करमा लाग्दा युवाहरुले भोग्ने रामकहानीलाई आफुले त्रिकोणात्मक कथ्य शैलीमा यो भिडियोमा उतारेका उनले बताएका छन् । सैयौं भिडियो सम्पादन गरिसकेका कँडेलले यो राम कथाबाट म्युजिक भिडियो निर्देशनमा पनि हात हालेका छन् ।

भिडियोको सम्पादन पनि प्रदीप कँडेल आफैंले गरेका हुन् । यो गीतको भिडियोमा अभिनेता सुरज पन्त, कलाकार आवास ज्ञवाली र प्रभा न्यौपानेबीच त्रिकोणात्मक प्रेम देखाईएको छ । लामो समयपछि सुरज अभियनमा फर्किएका हुन् ।

भिडियोमा कलाकारको रुपमाम रोशन शर्मा पौडेल, अन्सु भुसाल, टिका खनाल पनि प्रस्तुत भएका छन् । जसमा शोभाकर पन्त  र स्वर पोखरेलको छायाँकन रहेको छ । भिडियोले दर्शकबाट अहिले राम्रो प्रतिक्रिया पाएको छ ।