सरितालाई नमाग मसँग माया भन्दै रमेश र भूपेन्द्र


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

गायिका सरिता भारतीसँग अभिनेता रमेश चन्द सोडारीले नमाग मसँग माया भनेका छन भने कलाकार भूपेन्द्र कुमार खड्काले माया मागेका छन् । गायक तथा सँगीतकार सुवर्णकुमार श्रेष्ठको आफ्नो नयाँ गीत नमाग मसँग माया…को भिडियोमा यी दुई कलाकारले सरितासँग यस्तो अनुरोध गरेका हुन् ।

यो भिडियोलाई सवर्णले हालै बुढासुब्बा डिजिटलबाट रिलिज गरेका हुन् । यो गीतको भिडियोले अहिले राम्रो प्रतिक्रिया पाएको छ । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन् । जसमा सँगीतमा पनि उनकै रहेको छ ।

ब्युटी न्युज नेपालकी समाचार सँयोजक समेत रहेकी सरिता गायिका र मोडल पनि हुन । यो भिडियोमा सरिता र रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन भने उनीहरुको सम्बन्धको बीचमा शँकास्पद रुपमा भूपेन्द्र प्रस्तुत भएका छन् । यी तिनै जनाको अभिनय सार्थक छ । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

यो गीतको भिडियोलाई सञ्चारकर्मी डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । यो भिडियोमा आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शँका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा प्रस्तुत गरिएको छ । बियोगान्त शैलीको यो गीतले शँकाले लँका जलाउँछ भन्ने सन्देश दिएको निर्देशक क्षत्रीले बताए ।

Video Link 

यो भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् । भिडियोले पनि दर्शकबाट सकरात्मक प्रतिक्रिया पाएको गायक सुवर्णले बताए ।