आनन्द कार्कीले ल्याए नेपाल भारत सम्बन्ध जोड्ने गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेख भारतले अतिक्रमण गरेपछि भारत नेपालको सम्बन्ध चिसिएको छ । यसै क्रममा गायक आनन्द कार्कीले नेपाल भारतको सम्बन्ध सुधार्नका लागि एउटा गीत र सो गीतको भिडियो बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युबबाट रिलिज गरेका हुन् ।

नेपाल भारतको सम्बन्धमा के नै फरक पर्छर…बोलको यो गीतलाई बुद्दीसागर दाहालले लेखेका हुन् । जसमा भुपेन्द्र रायमाझीको सँगीत छ । यो गीतको सँगीत सँयोजना पनि रायमाझीले नै गरेका हुन् ।

यो गीतको भिडियोमा नेपाल र भारतका विभिन्न पर्यटकीय स्थल देखाईएको छ । भिडियोमा गायक कार्कीले यो गीत गायका छन् । भिडियोको छायाँकारमा वीरेन्द्र तुुतुङ, बिनोद याक्खा, सम्पादकमा राम सिंह भट्ट रहेका छन् । यो भिडियोलाई कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका हुन् । भिडियोलाई वल्र्ड कोभर मिडियाले निर्माण गरेको हो ।