ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार
गीतकार अर्जुनरत्न भिखारीले आफ्नो नयाँ गीत ‘काजल…’ को भिडियो सार्वजनिक भएको छ । उनको यो गीतमा सुनिल मास्केको संगीत र सुरेश लामाको स्वर रहेको छ ।
सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । गीत कर्णप्रिय बनेको र गीतको भिडियोलाई पनि दर्शकले रुचाएको गीतकार भिखारीको कथन छ ।
शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । यो भिडियोलाई उत्सव दाहालले खिचेको हुन भने विकास दाहालले सम्पादन गरेका हुन् । युवराज वाइवाको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो ।