कोरोना सँक्रमणबाट आछाममा ४५ वर्षीय पुरुषको मृत्यु


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, १६ असार

नेपालमा कोरोना सँक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयालपाटा अस्पतालमा १४ जेठमा मृत्यु भएका रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३० जना पुगेको छ ।

वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

उनको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएकोमा घर गएको ५ दिनपछि मृत्यु भएको हो । मृत्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पु¥याइएको थियो । उपचारकै क्रममा १४ गते मृत्यु भएको हो । उनको शव रामारोशन गाउँपालिका लगिएको थियो । मृतकसँगै रहेका दुईजनाले खोला नजिक उनको शव गाडेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाइएको थियो । मृत्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका व्यक्तिको मधुमेहकै कारण मृत्यु भएको जनाएको थियो ।