कोरोनाबाट विश्वमा सँक्रमित १ करोड, मृतक ५ लाख नाघे 


ब्युटी न्युज नेपाल

काठमाडौं १५ असार, 

विश्वभर माहामारीको रुप लिएको कोरोनाबाट सँक्रमित एक करोड नाघेको छ ।  सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १ लाख १७ हजार ७०० पुगेको छ ।

यस्तै मृतकको सँख्या पनि ५ लाख नाघेको छ । कोरोना भाइरसबाट  मृत्यु हुनेको संख्या ५ लाख १ हजार २८१ पुगेको हो । जसमा सबैभन्दा बढी अहिलेसम्म अमेरिकामा मृत्यु भएको छ । त्यहाँ कोरोनाबाट १ लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ ।

बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ । यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।