ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असार

आज आईतबार नेपालमा ४६३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देखभर ४६३ जना सँक्रमित थपिएका हुन् । जसमा १०५ जना महिला र ३५८ जना पुरुष रहेको छन् ।

यसरी नेपालमा आज ४६३ जना थपिँदा हालसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या १२ हजार ७७२ जना पुगेको छ ।

यसरी सँक्रमित भएकाहरु मध्य हालसम्म कोरोनालाई जितेर ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् । जस मध्य आज मात्र १६६ जना पुरुष र १३ जना महिला सहित १७९ जना डिस्चार्ज भएका हुन् ।

आज देशभरका क्वारेन्टाईनमा ६१ हजार ७३१ जना रहेका छन् । यस्तै यतीबेलजा ९ हजार ७३१ जना विभिन्न अस्पतालको आईसोलेसनमा रहेर उपचार गरिरहेको पनि डा. गौतमले बताए । यस्तै नेपालमा कोरोना सँक्रमणबाट हासम्म २८ जनाले ज्यान गुमाएको पनि उनले बताए ।