नेपालमा आएको सलहको सानो झुन्ड १० जिल्लामा देखियो 


ब्युटी न्युज नेपाल

काठमाडौं १४ असार,

कृषीमन्त्री  घनश्याम भुुसालले हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपु¥याएको बताएका छन् । आईतबार मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गर्दै उनले किसानहरूलाई नआत्तिन भनेको हुन ।

मन्त्री भुसालका अनुसार दुई दिन अघि तराईमा देखिएको सहल किरा तराईको बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, कपिलबस्तु, रुपन्देही, पाल्पामा यो किरा देखिएको छ । पर्साबाट छिरेको सहल बारा, हुँदै मकवानपुर पसेको छ भने अर्को तर्फ रौतहट सर्लाहीहुँदै सिन्धुली छिरेको छ । रुपन्देहीबाट छिरेको सहल पाल्पा तर्फ र नवलपरासीतर्फ गएको पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।

अहिले भारतबाट सलहको सानो बथान छिरेको मन्त्रीको कथन छ । सलह किराको ठूलो बथान भारतको राजस्थानमै सक्रिय भएकाले त्यसको गतिविधिको निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरूसँग समन्वयको तयारी गरिरहेको पनि मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरू र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरूसँग समन्वय गरेर ट्र्याकिङ गर्ने पनि जानकारी गराए । सहलबाट बाली जोगाउन मन्त्रालयले सुझाब दिनको. लागि हटलाईनको व्यबस्था गरेको भन्दै आफ्ना आसपालमा सहल देखिएमा तत्कालै हटलाईनमा फोन गरेर मन्त्रालयमा जानकारी गराउन र त्यसलाई धपाउने उपाएबारे जानकारी दिन पनि मन्त्री भुसालले आग्रह गरेका छन् । सलहबाट बाली जोगाउनको लागि बालीमा आबस्यक बिसादी छिट्नको लागि मन्त्रालयले सघाउने पनि उनले बताएका छन् । बिषादी छिट्न ट्याँकर देखि ड्रोन समेत मान्त्रालयले तयारी गरेको पनि उनले बताए ।