काठमाडौं बाहिर जाने पासको लागि यस्तो फारम जारी


ब्युटी न्युज नपाल
काठमाडौं, १४ असार

सरकारले काठमाडौं उपत्यका बाहिर जान अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पास लिनुपर्ने निर्देशन दिएको छ । मुलुकमा कोरोना सँक्रमण बढ्दै जाँदा महत्वपूर्ण काम नपरी एक जिल्लाबाट अर्को जिल्लामा हिडडुल नगर्न सरकारको निर्देशन छ । यसै क्रममा अब काठमाडौं बाहिर जान लिनु पर्ने पासको नमूना फारम पनि सार्वजनिक गरेको छ ।

आफ्नो सवारी साधन लिएर काठमाडौं बाहिर जानु पर्ने व्यक्तिले अब जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरेर सवारी पास लिनु पर्नेछ । जसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासको फारम ढाँचा सार्वजनिक गरेको हो । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन फारम दिनुपर्ने छ ।

सो फारममा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर, जानु पर्ने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि लेख्नु पर्नेछ । सो फारमको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास दिने छ ।
के कामले यात्रा गर्न लागेको भन्नेबारे स्थानीय तहको सिफारिश वा प्रमाणखुल्ने कागजपत्रको फोटोकपीसमेत फारमसँगै पेश गर्न पर्ने पनि सो फारममा उल्लेख छ ।