बीर गोर्खालीको रुपमा म्युजिक भिडियोमा प्रदीप खडका


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असार

अभिनेता प्रदीप खडका म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई निर्देशक नितिन चन्दले म्युजिक भिडियोमा प्रस्तुत गरेका हुन् । राष्ट्रिय भावनाले ओतप्रेत गीत जय जय नेपाल…मा यी अभिनेता प्रस्तुत भएका छन् । यो गीतलाई आईतबार अपरान्ह रिलिज गरिने भएको छ ।

चलचित्रमा काम गर्दै आएका प्रदीपले यस अघि म्युजिक भिडियोमा काम गरेका थिएनन् । यो राष्ट्रिय भावनाले ओतप्रोत गीत भएकाले उनले काम गरेको बताएका छन् । उनी यो गीतको भिडियोमा एक गोर्खाली योद्धाको रुपमा प्रस्तुत भएका छन । राष्ट्रिय झन्डा बोकेर उनी प्रस्तुत भएका छन् । तरबार र ढाल सहित उनलाई यो गीतमा योद्धाको रुपमा देख्न पाईन्छ ।