आज ५९३ जनामा कोरोना, नेपालमा सँक्रमित ११७५५, थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

नेपालमा आज शुक्रबार ५९३ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा ४८६ जना पुरुष र १०७ जना महिला रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताएका छन् । पछिल्लो २४ घन्टामा ५९३ जनामा कोरोना सँक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ११हजार ७५५ जना पुगेको छ । जसमा १० हजार ५०६ जना पुरुष र १ हजार २४९ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमण ठिक भएर ४८ जना डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले बताए । उनका अनुसार डिस्चार्ज हुनेमा ४० जना पुरुष र ८ जना महिला रहेका छन् । आजसम्म २ हजार ६९८ जना डिस्चार्ज भैसकेका छन् ।

यस्तै कोरोना सँक्रमणबाट मृतकको सँख्या पनि २७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट १ जनाको मृत्यु भएपछि मृतकको सँख्या २७ जना पुगेको हो ।

दाङमा बिहिबार बिहान बेहोस भेटिएकी एक महिलाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना सँक्रमण रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै मृतक २७ पुगेको हो । ती महिलाको अझै पहिचान हुन सकेको छैन ।

यस्तै बिहिबार ललितपुर अस्पतालमा मृत्यु भएका पुरुष नेपालका कोरोना सँक्रमित २६ औं मृतक थिए ।

यस्तै आज क्वारेन्टाईनमा ७१ हजार १२ जना रहेका छन भने आईसोलेसनमा हाल ९ हजार ३० जनाको उपचार भईरहेको छ ।