नशाको तालमा साथीको हत्या, ३ जना पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

दुई दिन अघि मापसे गरेर आफ्नो साथी ओखलढुंगा घर भएका ३५ वर्षीइ श्याम परियारको ज्यान लिने ३ नजा आज बिहान पक्राउ परेका छन् । उनको काठमाडौंको वडा नं १५, बिजेश्वरीमा हत्या भएको हो ।

घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं प्रहरी नायव उपरिक्षक राजकुमार केसीका अनुसार ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले शुक्रबार बिहान तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।

केसीका अनुसार मादक पदार्थ सेवन गरेको उनीहरुबीच आपसमा सामान्य झगडा भएको थियो । नसाको झोकमा उीहरुले ढलानको टुक्राले परियारको टाउकोमा प्रहार गर्दा बेहोस भएका परियारको ज्यान गएको हो । टाउकोमा चोटका कारण बेहोस भएका परियारलाई उनीहरुले घटनास्थल बिजेश्वरीमै छाडेर भागेका थिए । यी तीन जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।