एकै दिनमा च्याट्याङबाट बिहारमा ९२ जनाको मृत्यु


ऐजन्सी
पटना, १२ असार

पछिल्लो २४ घन्टामा भारतको बिहारमा च्याट्याङबाट ९२ जनाको ज्यान गएको छ । यतीबेला बिहारका गोपालगञ्ज, पश्चिम चम्पारणलगायतको जिल्लामा कोरोना भाईरस सँक्रमण भन्दा चट्याङको त्रास छ । हिजो दिउँसोबाट आज बिहानसम्म बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको ज्यान गएको छ । मेघ गर्जन सहित पछिल्लो ३० घन्टादेखि जारी बर्षासँगै निरन्तर चट्याङ पर्दा त्यहाँका २१ जिल्लामा २४ घन्टामा चट्याङबाट ९२ जनाको मृत्यु भएको छ ।

गएराती ८३ जनाको ज्यान गएको चट्याङबाट बिहानसम्म मृत्यु हुनेको सँख्या ९२ पुगेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । बिहीबार बिहानैबाट सुरु भएको उत्तरी बिहारको विभिन्न जिल्लाहरुमा ७२ घण्टासम्म हावा हुरी र चट्याङ सहित भीषण वर्षा भएको सचामार छ । कतीपय स्कुलको छाना हावाले उडाउँदा क्वारेन्टाईनमा बसेकाहरुको बिजोग भएको पनि समाचार आएको छ ।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । चट्याङबाट जोगिन बिहार विपत ब्यबस्थापनले विभिन्न प्रशिक्षणहरु दिँदै आए पनि यसको क्षती अझै घट्न सकेको छैन ।