ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

आज बिहिबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पुष्टि भएका सँक्रमित मध्य ९ जना काठमाडौं उपत्याकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार काठमाडौ जिल्लांमा ४ जना, भक्तपुर जिल्लामा ४ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा काठमाडौंमा २ जना महिला, २ जना पुरुष, भक्तपुरमा १ जना महिला, ३ पुरुष र ललितपुरमा १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरु कहाँका हुन भनेर ठाउँबारे बताईएको छैन ।