आज ४३४ मा कोरोना, नेपालमा सँक्रमित १११६२ पुगे, थप २ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

आज बिहिबार नेपालमा ४३४ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ४३४ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ । जसमा पुरुष ३८६ जना र महिला ४८ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ११ हजार १६२ जना पुगेको छ ।

आज २९३ जना पुरुष र १९ जना महिला गरी कुल ३१२ जना कोरोना मुक्त भएर घर फर्किएको पनि उनले बताए । योसँगै आजसम्म २ हजार ६५० जना कोरोना मुक्त भएर घर फर्किएको पनि डा. गौतमले बताए । उनका अनुसार आज क्वारेन्टाईनमा ७४ हजार ४२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट मृतक २ जना थपिएको पनि डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २६ जना पुगेको छ ।