गीत रेकर्डसँगै नयाँ चलचित्रको तयारीमा श्रीराम


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

आगामी भदौबाट छायाँकन गर्ने लक्ष्या सहित केही चलचित्रकर्मीहरु चलचित्रको प्रि प्रोडक्सन कार्यमा जुटेका छन् । यसै क्रममा चलचित्र निर्देशक श्रीराम महतले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् । उनले आफ्नो निर्देशनमा दोश्रो चलचित्र बनाउँदै छन् । सो चलचित्रको काठमाडौंमा आईतबार एउटा गीत रेकर्ड गरे ।

गायिका टिका प्रसाईको स्वरमा उनले नयाँ चलचित्रको एउटा गीत रेकर्ड गराएको बताए । यसअघि उनले चलचित्र म त तिम्रै हुँ निर्देशन गरेका थिए । आफु अहिदो दोश्रो नयाँ चलचित्रको निर्देशन तयारीमा रहेको श्रीरामले बताए, “म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु “ उनले भने ।

उनले नयाँ चलचित्रको लागि रेकर्ड गराएको गीतलाई गीतकार हिराकाजी थापाले लेखेका हुन । यो गीतमा शाहस शाक्यको संगीत सँयोजन र नागेन्द्र श्रेष्ठको संगीत रहेको पनि उनले बताए । टिका प्रसाईको स्वरमा रहेको सुनको बाला हातमा…बोलको यो चलचित्रको लागि आईटम गीत रहेको श्रीरामको कथन छ । यसमा कुल ४ गीत रहने र नाम जुराउन बाँकी रहेको यो चलचित्र प्रेम कथामा आधारित हुने पनि निर्देशक श्रीराम महतले बताए ।

चलचित्रको कलाकार चयन केही दिनमा गर्ने र कोरोना सँक्रमण कम भएपछि भदौ तथा असोजबाट छायाँकन सुरु गर्ने पनि उनले जानकारी गराएका छन् ।