भर्चुअल प्रथम अन्तर्राष्ट्रिय क्योकुशिन कराँते काँता प्रतियोगिता जारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

८४ दिन लामो लकडाउन र त्यसपछि पनि मुलुक बन्दकै अबस्था रहेकाले अहिले नेपालको खेलकुद क्षेत्र सँकटमा परेको छ । कोरोना सँक्रमणले विश्व तनावमा रहेर दुरी काम गरिरहेको बेला अनलाईन मार्फत अर्थात अर्चुअल रुपमा पनि खेलकुदा हुन थालेको छ ।

यसै क्रममा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको आयोजनामा कोबिड–१९ को बिरुद्धमा घरमै बसौं र सक्रिय बनौं भन्ने अभियान चलाईएको छ । सो अभियानसँगै साथ प्रथम अन्तर्राष्ट्रिय भर्चुअल क्योकुशिन कराँते काँता प्रतियोगिता–२०२० आयोजना भईरहेको संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले ब्युटी न्युज नेपाललाई बताएका छन् ।

हाल विभिन्न राष्ट्रहरुको सक्रिय सहभागितामा करीब १२५ जना खेलाडीहरुले यो प्रतियोगितामा सहभागिता जनाएका छन् । सो प्रतियोगितामा मुख्य रेफ्रिहरुमा बिश्व क्योकुशिन काई कराँतेका अध्यक्ष कान्चो सेईसिन ईवासिता–जापान, स्विट्जरलैण्डका ब्रान्चचिफ हान्सी हर्बट ई.हर्बट तथा नेपालका बान्चचिफ शिहान अशोक कुमार श्रेष्ठ रहेका छन् । १ बैशाख २०७७ बाट शुरु गरिएको यस प्रतियोगिताको अन्तिम नतिजा २०७७ आषाढ १७ गते प्रकाशित गरिने पनि नेपालका प्रमुख श्रेष्ठले जानकारी गराए ।

अहिले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लाखौं मानिसहरुको मृत्यु भईरहेको अवस्थामा कोरोना भाईरसलाई शारीरिक अभ्यासले परास्त गर्न सकिने अध्यक्ष श्रेष्ठको कथन छ । यही जनचेतना जगाउन बिश्व एक ढिक्का भएर कोरोना भाईरसको बिरुद्धमा लाग्नुपर्ने उनले बताए । त्यसैले लकडाउनको कारणले घरमा नै बसेर पनि शरिरलाई स्वस्थ र स्फुर्त बनाई कोरोना भाईरसलाई हराउन सकिन्छ भन्ने उद्धेश्यले प्रतियोगिता आयोजना भईरहेको पनि उनले प्रकाश पारे ।