स्कृप्ट राईटर मौनता ‘आँधी तुफान–२’ बनाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

चलचित्र ‘आँधी तुफान–२’ निर्माण हुने भएको छ । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले यो चलचित्रको निर्माण घोषणा गरेका छन् । लकडाउन अबधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको उनले बताए । श्रेष्ठका अनुसार अब भदौबाट सुटिङ सुरु गरिने भएको छ ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइन्छ । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने बताइएको छ ।

‘नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको बिषयलाई प्रमुखताका साथ उठान गर्दैछु,’ लेखक समेत रहेका निर्माता मौनताले सञ्चारकर्मीसँग भने,‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्ने छौ ।’ कार्यकारी निर्माता रत्नले पनि फिल्मको कथाबस्तु मन परेकाले उत्साहीत रहेको बताए ।

निर्माता लेखक मौनताले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा ‘आँधी तुफान’ निर्माण गरेका थिए । त्यतिबेला यो फिल्मले ब्याबसायिक सफलता हासिल गरेको थियो । लेडि एक्शन फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमीरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए ।