छुवाछुत बिरुद्ध युवा पुस्ताको लभ प्वाईन्ट

ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

रँग पत्रकार अनिल गुरुङ सहित केही कलाकारहरुको अभिनयमा नयाँ वेभ सिरिज ‘लभ प्वाईन्ट ’ निर्माण गरेका छन् । गुरुङले आफ्नै लेखन र निर्माणमा यो रिलिज तयार गरेका छन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा आफुले तल्लो जाती बनेर भूमिका निभाएको गुरुङले बताए । उनको नायिकाको रुपमा एलिना रायमाझी यसमा छिन् ।

बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको गुरुङले जानकारी गराएका छन् । एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ ।

अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने उनले बताए ।

नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिज लभ प्वाईन्टको निर्देशन आरजे प्रणवले गरेका छन् । जसमा नबिन बाबु गुरुङको छायाँकन तुलसी बाँस्कोटाको सम्पादन छ । यसमा अनिल र एलिनासँगै बिशाल रायमाझी तथा शायना जिसीसहितको मुख्य भूमिका छ ।

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More