कृष्ण, बुद्ध, समिक्षा र अस्मिता एउटै गीतमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

अन्तराष्ट्रिय सँगीत दिवसको अबसर पारेर चार जना गायक गायिकाले आफ्नो सँयुक्त गीत आईतबार रिलिज गरेका छन् । गायक कृष्ण काफ्ले, बुद्ध लामा, गायिका समीक्ष अधिकारी र अस्मिता अधिकारीले सँयुक्त स्वरमा रहेको गीत मैले बोलेको छैन…को भिडियो आईतबार युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

यो गीतको भिडियोमा पनि यी चार जना गायक गायिका स्वयमले मोडलिङ गरेका छन् । लामो समय लकडाउनमा परेर दिक्क भएका उनीहरुले लक डाउन खुकुलो भएपछि नाच गान गर्न पाएको कुरा यो गीतको भिडियोबाट व्यक्त गरेका छन् । भिडियोमा सँगै काम गरे पनि उनीहरुले अन्त्यमा सामाजिक दुरी कायम गर्नुपर्ने सन्देश छाडेका छन् ।

यो गीतलाई अर्जुन पोखरेलले सँगीत गरेका हुन् । शब्द र सँगीत सँयोजना पनि उनकै हो । सबैले सुनेर टिप्न सक्ने हलुका शब्द यो गीतमा रहेको छ । गीत रोमाञ्चकारी छ ।

यो गीतको भिडियो निर्देशन विधान कार्कीले गरेका हुन् । उत्सब दाहालले खिचेको भिडियोको सम्पादन बिकाश दाहालले गरेका हुन् । यो गीतको भिडियोलाई डिभाईन म्युजिकको च्यानलबाट रिलिज गरिएको छ ।