अभिनेत्री निरिषा कोरोना मुक्त भएर फर्किईन घर


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

अभिनेत्री निरिषा बस्नेत कोरोना मुक्त भएकी छिन् । चार वर्षदेखि मुम्बईमा बस्दै आएकी उन बिहिबार बेलुका कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएकी उनका पिता एवम् अभिनेता निर्देशक विश्व बस्नेतले बताए ।

आफुसँग बस्ने साथीलाई कोरोना सँक्रमण भएपछि निरिषाको पनि स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएकी थिईन् । आफुलाई कोरोना भएको उनले इन्टाग्राम मार्फत जानकारी गराएकी थिईन् ।

फेसबुक मा एउटा स्टाटस लेख्दै बस्नेतले छोरी घर फर्किएको जनाएका हुन् । निरिषाका पिता विश्व बस्नेतले छोरी कोरोनाबाट मुक्त भएको खुसी बाँढ्दै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

गत वर्ष चलचित्र जानी नजानीमा नायिकाको रुपमा काम गरेकी निरिषाले मुम्बईमा प्रेम नन्दिनी सहित केही टेलीसृँखलामा अभिनय गरेकी छिन् । उनी अहिले बलिउड फिल्मको लागि सँघर्षरत छिन् ।