ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

नेपाली चलचित्रको सम्पादनमा आफ्नो छुट्टै परिचय बनाएका मित्रदेव गुरुङले निर्देशनमा पनि हात हालेका छन् । उनले आफ्नो निर्देशनमा कोरोना संक्रमणकै विषयमा केन्द्रित रहेर लघु चलचित्र ‘परिस्थिति’ दर्शकमाझ ल्याएका छन् । यो लघु चलचित्रलाई युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सामाजिक दूरी कायम गर्दै यो लघु चलचित्र निर्माण गरिएको निर्देशक गुरुङले बताए । यो चलचित्रमा अमृत ढुंगाना, संजोग रसाइली, आकांक्षा तामाङ, मनीष गौतम, आरसी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ ।

यो फिल्मको कथाअनुसार कोरोना संक्रमित र मृतकको नाम नेपालमा घोषणा नगरिने हुँदा कोरोना संक्रमणबाट एक युवाको मृत्यु भएका उनका साथीहरूले थाहा पाउँदैनन् । ती मृतक युवा भूत बनेर आफ्ना साथीहरूलाई भेट्न आएको र कोरोना जोकोहीबाट पनि फैलन सक्ने सन्देश दिएको कथा यो लघु फिल्ममा समेटिएको छ ।

जसमा मनीष गौतमको कथा रहेको लघु चलचित्र परिस्थितिमा पटकथा, संवाद मनीष र मित्रदेव गुरुङको छ । फिल्मलाई ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । जसमा सम्पादन र निर्देशन मित्रदेव गुरुङको रहेको छ ।
यो लघु चलचित्रमा विजय चौधरीको कला निर्देशन, देवराज मानन्धर र रञ्जित गुप्ताको क्रियसन, सागर श्रेष्ठको सहनिर्देशन, राजकुमार श्रेष्ठको भिडियो छायांकन रहेको छ ।

 

https://www.youtube.com/watch?v=ZF7ailKj9cg&fbclid=IwAR0RMmKkQ7rft3ZWtcs19cbfWnbjkKTFsatJdJ0PWhGBWhrI8ofpmFnxpB4