सन्तोष र मिनाले ल्याएर शिरमा फूल…


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ जेठ

गायिका मीना कार्की र संगीतकार सन्तोष श्रेष्ठले आफ्नो नयाँ नयाँ गीत ‘शिरमा फूल…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई उनीहरुले युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

यो गीत गायिका कार्की र संगीतकार श्रेष्ठको गीतिसंग्रह ‘सदीक्षा’मा रहेको छ । ‘अहिले कोरोना संक्रमणका कारण गीतिसंग्रह सदीक्षालाई सर्वजनिक गर्न सकेका छैनौं । सहज वातावरणमा सदीक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गर्ने हाम्रो योजना छ,’ संगीतकार श्रेष्ठले भने । गीत निकै राम्रो बनेकाले लकडानबीच पनि भिडियो ल्याएको उनले बताए ।

गीतबारे गायिका कार्कीले भनिन, ‘लकडाउनका कारण घरमै बसिरहनुपर्दा पछिल्लो समय मानिस धेरै निराश भएका छन् । उनीहरूलाई ऊर्जा र आशा जगाउनका लागि मैले यो रोमाञ्चकारी भावको भिडियो ल्याएकी हुँ,’

यो गीतलाई प्रकाश केसीले लेखेका हुन् । देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । यो गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा समीक्षा पोखरेल र कैलाश कठायतले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियो राम्रो बनेको छ । दर्शकले भिडियो मन पराएको संगीतका सन्तोष श्रेष्ठले बताएका छन् ।