क्वारेन्टाईनबाट घर फर्कँदा कालिकोटामा एक व्यक्तिको मृत्यु


ब्युटी न्युज नेपाल
नेपालगञ्ज ३० जेठ

नेपालमा पछिल्लो समय क्वारेन्टाईनमा बस्दा तथा क्वारेन्टाईनबाट घर फकने क्रममा मृत्युसँख्या बढेको छ । यसै क्रममा क्वारेन्टाइनबाट फर्कँदा घर नपुग्दै फेरी एक जनाको बाटोमा निधन भएको छ । यसरी घर फर्कँदा आज कालिकोटमा एक जनाको मृत्यु भएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिका १ निवासी ६० वर्षीय एक पुरुषको सदरमुकाम मान्मको होटल चन्दसुर्यको क्वारेन्टाइनबाट घर फर्कदा उनको निधन भएको हो । भारतबाट आएका उनी क्वारेन्टाईनमा १५ दिन बसेर कोरोना नेगटिभ देखिएका आज विहिबार घर फर्किएका थिए ।

‘उनी बिहिबार क्वारेन्टाइनबाट घर फर्किएका थिए । शुक्रबार कालिकोटको लालिघाटमा मृत्यु भयो ।’ जिल्ला स्वास्थ्य सेवा कार्यालयले सुुचना अधिकारी कटक महतले बताए । मृतक पुरुषको फेरी कोरोना सँक्रमण परिक्षण गरिने पनि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।