यसकारण एसईईको परिक्षा अब नहुने, टेष्ट परिक्षाको आधारमा रिजल्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ

मुलुकका अधिकाँस विधालय यतीबेला भारतबाट आएका नेपालीहरुको लागि क्वारेन्टाईन क्षेत्र बनेको छ । भारतमा अझै आउने क्रम जारी छ । जसका कारण तत्काल बिधालयहरुमा माध्यमिक शिक्षा परीक्षा (एसईइर्) परक्षा सञ्चालन गर्न गाह्रो थियो । अर्को तर्फ मुलुकमा कोरोना सँक्रमण दिन प्रतिदिन बढ्ने क्रम जारी थियो । यस्ता विविध कारणले गर्दा यो वर्ष एसईई परिक्षण नगर्ने निस्कर्षमा सरकार पुगेको छ ।

मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस वर्षको (एसईई) नगर्ने निर्णय गरेको छ । शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको छ ।

द्यालयहरूको आन्तरिक मुल्यांकन र सेन्टवलाई आधार गरेर विद्यार्थीको मुल्यांकनको स्थानीय तहले सत्यापन तथा प्रमाणिकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने सोही आधारमा बोडले ग्रेडिङ गर्ने निर्णय गरेको छ ।

सामान्य प्रशासन मन्त्री ह्रदय त्रिपाठीका अनुसार विद्यालयहरूको आन्तरिक मुल्यांकन र सेन्टवमा उनीहरूले पाएको ग्रेडको आधार बनाएर परीक्षा बोडले नयाँ ग्रडिङ गर्ने छ । त्यरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय गरेको पनि मन्त्री त्रिपाठीले बताएका छन् ।