आज ३२३ जनालाई कोरोना, नेपालमा सँक्रमित ३२३५ पुगे  


ब्युटी न्युज नेपाल

काठमाडौं २४ जेठ

नेपालमा आज ३२३ जनालाई कोरोना सँक्रमण पुष्टी भएको छ । जसमा २८६ पुरुष र ३७ जना महिला रहेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जना सँक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार आज ३२३ जनामा कोरोना सँक्रमण हुँदा नेपालमा कुल सँक्रमितको सँख्या ३ हजार २३५ पुगेको छ ।

मृतक १३ जना पुगेको छ । मृत्यु भएका थप २ जनामा कोरोना सँक्रमण पुष्टी भएसँगै मृतक १३ जना पुगेका छन् । २१ जेठमा निधन भएका डोल्पाका एक पुरुषमा आज कोरोना पुष्टी भएको  हो । कैलाली, धनगढीको एक महिलाको निधन सेती प्रादेशिक अस्पतालमा  मृगौलाको उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । उनको पनि कोरोना सँक्रमण पुष्टी भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् ।
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा ५० जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ३९ जना महाराजगञ्ज नगरपालिकाका छन् । संक्रमित हुनेमा ६ महिनाकी बालिका र ४ वर्षका बालक पनि छन् । यस्तै, भक्तपुर कमल विनायककी ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, विजयनगरको क्वारेन्टिनमा रहेका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका २८ जनामा पनि संक्रमण पुष्टि भएको छ । राजापुर, मधुवन, गुलरिया, बदैयाताललगायतका स्थानीय तहको क्वारेन्टिनमा रहेका संक्रमितमध्ये एक २५ वर्षीया महिला छन् भने अरू १५ देखि ६० वर्षका पुरुष छन् ।

यस्तै, बाँकेका १२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज, वैजनाथ र खजुराका उनीहरूमध्ये दुई जना २३ र ४१ वर्षका महिला र अरू सबै पुरुष हुन् ।
नवलपरासीका दुई जना, रुपन्देहीमा ३ जना र अर्घाखाँचीमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । कर्णाली प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ४७ जना दैलेखका छन् । महाबु गाउँपालिकाका ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा ५ र १८ महिनाका शिशु समेत छन् । यस्तै ४ जना दुल्लुका हुन् ।

सल्यानको बनगाढ कुपिण्डेका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये २१ वर्षकी दुई महिला छन् भने अरू सबै पुरुष हुन् ।

यस्तै, सुर्खेतका नौ जना, जाजरकोटका चार जना र डोल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ६ जना बझाङको खप्तडाछान्ना गाउँपालिका–३ को क्वारेन्टिनमा बसेकाहरू छन् । यस्तै, कञ्चनपुर महाकालीका ३८ वर्षीय पुरुष, काठमाडौं घर भई कञ्चनपुरमा रहेका १८ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कैलालीको धनगढी र गोदावरी ४१ र ५५ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टिनमा रहेकी ५२ वर्षीया महिला र डडेलधुराको नवदूर्गा क्वारेन्टिनमा रहेका २१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीमा ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भोक्राहका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् । यस्तै, मोरङको सुनवर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका १८ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । गौलाशा, जलेश्वरलगायतका स्थानीय तहको क्वारेन्टिन रहेका उनीहरूमध्ये एक २२ वर्षीया महिला हुन् भने अरू सबै पुरुष हुन् । यस्तै, सर्लाहीमा २७ जना संक्रमित थपिएका छन् । रामनगर र ईश्वरपुरका उनीहरू १६ देखि ३८ वर्षका उमेरका पुरुष हुन् ।

धनुषाको देउपुरा क्वारेन्टिनमा रहेका आठ जना र रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका छ जनामा पनि कारोना संक्रमण पुष्टि भएको छ । सप्तरीका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ७ जना बालन बिहुलका हुन् । संक्रमित हुनेमा २ वर्षका एक बालक र बालिका समेत छन् । अर्का सक्रमित बोदे बसाइनका ५० वर्षीय पुरुष हुन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने ३६५ जना कोरोनामुक्त भएका छन् ।

डा. देवकोटाका अनुसार नेपालका आज १ लाख ६८ हजार ३१ जना क्वारेन्टाईनमा रहेका छन् । यस्तै आज २८५७ जना कोरोना उपचारको क्रममा आईसोलेसनमा रहेको पनि डा. देवकोटाले बताएका छन् ।

यस्तै आज ३६५ जना डिस्चार्ज भएका छन् । जसमा २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् । आज मात्र ३२ जना घर फर्किएका छन् ।

जसमा जनकपुर अस्पतालका १५ जना, शुशिल कोईराला क्यान्सर अस्पताल बाँकेबाट ४ जना, सेती अस्पतालबाट ६ जना, सुर्खेत अस्पतालबाट ७ जना गरी आज ३२ जना डिस्चार्ज भएका हुन् ।